नेपालमा भ्रमण गर्ने ठाउँहरू

तपाइको रूचि, पेसा अनि विशिष्टता अनुसार नेपालमा प्रशस्तै भिजिट गर्ने ठाँउहरू छन । यी ठाँउहरूलाइ हामी पहिलो, दोश्रो वा तेश्रो भनेर वर्गीकरण गर्दैनाै, कारण तपाइको र मेरो रूचि वा पेसा फरक छ। तर मानीसहरू कति मन पराउछन वा त्यहाँ भिजिट गर्छन, त्यो अनुसार चाही फरक पर्नेछ । कतिपय ठाँउहरू यस्ता पनि छन, जुन अरूसँग बिल्कुल तुलना गर्न सकिन्दैन र यस्ता ठाँउहरू आफैमा अनुपम छन । नेपाल यस्तो देश हो जहाँ प्रकृतिक, संस्कृतित एबं भैगलिक बिबिधताले भरिपुर्ण छ । यहाँ हामीले नेपालमा भ्रमण गर्नका लागि केहि स्थानहरू वर्णन गरेका छौं।

नेपालमा भ्रमण गर्ने ठाउँहरू

काठमाण्डाै - काठमाण्डाै सांस्कृतिक बिबिधताले भरिपुर्ण नेपालको राजधानी हो । परापुर्बकालमा पनि यो उपत्यका भित्र ३ वटा राज्यहरू थिए र अहिले पिन ३ वटा जिल्लामा बिभाजन गरिएको छ तर हरेक जिल्लाको भैगलिक र सास्कृतिक बिशेषता चाही लगभग एउटै छ । युनेस्कोले काठमाण्डु भित्रका ७ ठाँउलाइ सूचीबद्ध गरेको छ, जुन झण्डै २० किलोमिटर परिधी भित्र अबस्थित छन । यीनीहरू ४ धार्मिक र ३ एतिहासीक स्थलहरू हुन ।

१ पशुपतिनाथ मन्दिर

२ चांगु नारयण मन्दिर

३ बैध्दनाथ महाचैत्य

४ स्वम्भुनाथ महाचैत्य

५ भक्तपुर दरबार क्षेत्र

६ काठमाण्डै दरबार क्षेत्र

७ पाटन दरबार क्षेत्र

Bhaktapur Durbar Square
Bhaktapur Durbar Square
Rapti river sunset
Rapti river sunset
Nagarkot Sunrise
Nagarkot Sunrise
नगरकोट - नगरकोट काठमाण्डाैबाट करिब ३० किलोमिटर पुर्बममा रहेको सुर्यदय र हिमालको दृष्य हेर्नको प्रख्यात पहाडी स्टेशन हो र यो २१९५ मिटर उचाइमा अबस्थित छ । नगरकोट काठमाण्डाैबाट नजिकै रहेको हुनाले समय नहुनेहरूको लागि पनि उपयुक्त हुन्छ, घुम्नलाइ । 

चितवन - चितवन काठमाण्डाैबाट दक्षिणतिर लगभग १०० किलोमिटर दुरीमा रहेको वन्यजन्तु र जंगल सफरीको लागि प्रख्यात ठाँउ हो र यो समुन्द्र सतहबाट ४१५ मिटर उचाइमा अबस्थित छ । युनेस्कोले १९८४ मा सुचिबद्द गरेको हो ।

सगरमाथा आधार शिविर - बिश्वको अग्लो शिखर सगरमाथाको आधारशिबिरसम्म जाने सगरमाथा आधार शिविर ट्रेकिंग मार्ग ज्यादै लोकप्रिय र धेरैको लक्षित सपना हो । सगरमाथाको आधारशिबिर समुन्द्र सतहबाट ५३६४ मिटरमा र कालापत्थर ५६४३ मिटर उचाइमा छ । कालापत्थर सगरमाथालाइ सबैभन्दा नजिकबाट नियाल्ने ठाँउ हो ।

लुम्बिनी - लुम्बीनी भगवान गैतम बुद्धको जन्मस्थल हो र यो पनि युनेस्कोले १९९७ मा सुचिबद्ध गरिसकेको छ । बिशेष गरेर बैधमार्गीहरूको लागी यो ठाँउ धेरै लोकप्रिय छ । यो ठाँउ समुन्द्र सतहबाट १५० मिटर उचाइमा पर्दछ ।

अन्नपूर्णा अभयारण्य - अन्नपूर्णा अभयारण्य पद मार्ग हिमाल हेर्न मन पराउनेहरूको लागी र ट्रेकिङ गर्नेहरूको लागि ज्यादै लोकप्रिय र सजिलो मार्ग हो । अन्नपुर्ण आधारशिबिरको उचाइ ४१३० मिटर र माछापुछ्रेको आधार शिबिर पनि एउटै हो । अन्नपुर्ण १ को उचाइ ८०९१ मिटर छ र माछापुछ्रको उचाइ चाहि ६९९३ मिटर हो ।

अरू पनि धेरै लोकप्रिय भ्रमण गर्न लायक पदमार्ग तथा ठाँउहरू छन । लाङटाङ, मुस्ताङ, डोल्पा, कंचनजंघा प्रमुख छन ।

नगरकोटको भिडियो हेर्न युट्युबमा जानु होस् ।
हाम्रो ब्लग पढिदिनु भएकोमा तपाइलाय धन्रयबाद । स्थानीय संस्कृतिलाई आदर गर्नुहोस् र तपाईको पदचिन्ह मात्र छोड्ने प्रयास गर्नुहोस्।



Comments

कृपया असभ्य भाषा र ब्याक्ति वा समुदायमाथी आघात पुग्ने शब्दहरू प्रयोग नगर्नु होला ।

Previous
Next Post