थोले देम्बा - माैसमले साथ नदिएको त्यो यात्रा

थोले देम्बा मैले कहिलेबाट थाहा पाए, त्यो मलाइ हेक्का छैन तर यति चाहि मलाइ थाहा छ, म घरबाट बाहिर निक्लेर लघुशंका गर्दादेखि रात नपरेसम्म लगभग मलङ खोलाको शिरमा रहेको त्यो अग्लो डाँडा मेरो आँखै अगाडि उभिन्थ्यो । अग्लो भएको हुनाले बिहानको सुर्यदय पनि त्यहि डाँडामा, सुर्यस्त पनि त्यहि डाँडामा, मलङ खोलैखोला उकालो लागेको कुहिरो  त्यही पुगेर बर्षात बन्ने पनि त्यही डाँडा अनि हिँउदमा हिँउले सेताम्मे हुने पनि त्यही डाँडा मैले थाहा पाए देखिको यथार्थ थियो । ७० को दशकमा धर्ति टेकेका हाम्रो पुस्ता अहिले जस्तो घुमघामको चलन थिएन र एक पुस्ता अगाडीको जस्तो उभैलीमा भेडा लाने चलन पनि हराइसकेको हुनाले त्यो डाँडाको खासै याद गरिएन । समय बित्दै गयो, बरू सात समुन्द्र पानी पँधेरा भयो तर थोले देम्बा नजिकको तिर्थ हेला भयो । समयको बहाबसँगै मानीसहरूलाइ गाँउघर साँघुरो लाग्न थाल्यो, सत्य भन्नु पर्दा क्यामेराहरू शुलभ हुन थालेपछि मनीसहरूमा मात्र सैन्दर्य कम लाग्न थाल्यो र पकृति देखि सस्कृतिसम्ममा सैन्दर्य खोज्न थालियो । त्यसपछि भने बिदेशीले मात्र चलेको हिमाली पर्यटन गाँउघर देखि कुना कन्दारासम्म पस्न थाल्यो, आन्तरिक पर्यटन न्वरान भएर । देश संघिय सरकारमा गइसकेपछि भने स्थानिय सरकारले स्थानिय तवरमा नै श्रोत र साधन खोज गर्न थाल्यो र पुर्बधार पनि बनाउन थाल्यो । किनकी आयश्रोत जुटाउन यसो गर्नु अनिबार्य थियो ।
देम्बा त्रिकोण स्टेशन
देम्बा त्रिकोण स्टेशन
म खाडीतिर हुँदै देम्बा पर्यटकिय स्थल बनाउन प्रबर्दन गरिन्दै थियो र प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ पनि सफल भयो । त्यसपछि भने यो ठाँउ समाचारहरूमा आउन थाले, घुमन्तेहरूले तस्बिर र भिडीयोहरू आफ्ना सामाजिक सञ्जालमा बाड्न थाले र यहाँ नपुगे पनि निल आर्मस्टङले बर्णन गरेको चन्द्रममा जत्तिकै थाहा भयो देम्बा मलाइ । मेरो थोले देम्बा जाने योजना बन्दै गए, भत्किदै गए । हामी नेपालीहरू समुहमा गफ चुट्दै हिड्ने बानी, एक्लो भयो कि भुत देख्छै, नाना थरिको अवरोध देख्छै । समुहमा जान कसैलाइ छुट्टी नमिल्ने, कसैलाइ समय नमिल्ने त कत्तिलाइ लक्ष्मीले साथ नदिने, चाहे त्यो घरको हवस या गोजीको ।
देम्बा भ्यु टावर
देम्बा भ्यु टावर
बैसाख १३ सोमबार, २०७८ 
खासै मेरो काठमाण्डुमा काम नभएकोले अकस्मात गाँउतिर जाने भुत चढेर आयो र गाँउमा यसैपाली सडक पुगेकोले जिप बाहेक अरू गाडी जाँदैन्थ्यो । भुइचालो पछि जस्ता छानो बाहेक गाँउ खासै बदलेको छैन । सडक सञ्जालले नछुएको हालको खिजीदेम्बा ६ ओखरबोट पखेटा लाग्यो कि चरिले गुँड छोड्यो जस्तै भएको छ, युबाहरू सबै शहरतिर पलायन छन । 
देम्बा सुर्यदय
देम्बा सुर्यदय
बेशाख १४ मंगलबार
बिहानबाटै आकाश सफा छ, घरबाहिर निस्क्यो कि त्यही देम्बा डाँडा अगाडी उभिन्छ । गाँउतिर युवाहरू छैनन, उमेर नपुगेकाहरू बिद्दालय जान्छन, बाँकी दैनिक कामकाजमा ब्यस्त छन । करिब १२ बजेतिर क्यामेरा झोलामा हालेर देम्बाको यात्रामा निस्किए, सधै हिडेको बाटो पनि कहिले यता कहिले उता गर्दै अपराहन्ह ५ बजेतिर चुप्लु भञ्ज्याङ पुगे । बाटो भुल्ने प्रमुख कारण थियो, अधमरो सडक सञ्जाल, मान्छेहरू गोरेटो पछ्याउन छाडीसकेका थिए । शहरमा बानी परेको मेरो खुट्टा चुप्लु भञ्ज्याङमै मुर्छा खाइसकेको थियो भने मन चै बिहानको ५ बजे नै उदाउने सुर्यदय हेर्ने लड्डु घ्युसँग  खाँदै थियो । जस्तै हिड्न नसक्ने पनि ३ घण्टामा पुग्ने स्थानियको भनाइले बाँदरलाइ लिस्नु झै मनले जित्यो, खुट्ट हार्यो । ७ बर्षे ट्रकिङको अनुभव मेरो खै कसरी फेल खायो, स्थानियले दाहिने जाने निर्देशन मेरो कानले देब्रे कसरी सुन्यो । बाटो खोज्दै एक घण्टा बित्यो र होटल पुग्न ४ घण्टै लाग्यो, धन्न होटलका भाइहरू वरैसम्म लिन  आएका थिए । चुप्लु भञ्ज्याङमै मुर्छा खाएको खुट्टा मेरो होटल ग्रिन एग्रो पुग्दा त मरि नै सके जस्तो लागेको थियो । बिनोद चैधरी जन्मेर हो क्या हो, जंक फुडको कमि छैन नेपालमा । प्रिती चाउचाउ जस्तो लाग्छ, अण्डासँग खाएर सुतियो । 

बैशाख १५, बुधबार
मोबाइलमा कुखुरा नबासे पनि खै किन हो, साँढे ४ बजे नै निन्द्राले छोडेछ । बेलुकाको योजना त बिहान अबेरसम्म सुत्ने र दिनभर तस्बिरहरू खिच्ने र सुर्यस्त हेर्ने अनि दोश्रो रात बिताएर सुर्यदय हेरेर फर्किने थियो । मैसम खासै राम्रो थिएन त्यो बिहान । होटलको बिल तिरे र अलिकति कुक्किज किनेर हताहतार देम्बा डाँडातिर लागे । होटलको भाइले १५ मिनेट लाग्ने भनेको मलाइ त आधै घण्टा लाग्यो देम्बा पुग्न । सुर्दय भैसकेको थियो तर मैसम चाहि दिनभर जोतेर लोद परेको गोरूको अनुहार जस्तो । यो मैसमको कुने भर नै हुदैन, हिजोको त्यो निलो आकाश आज चाहि धम्मरधुश तुवाँलो । रिस त कम्ता उठेको हैन तर के गर्नु, एक्लै रजाइ चलाइयो, हाँसो नफुस्केको देम्बा डाँडामा । मन दोधार थियो, हिजोको योजनामा रहने कि घरै फर्किने । ११ बजिसकेको थियो, हिमालले अझै घुम्टो खोलेको थिएन, डाँडा काँडा त्यस्ते, ठुस्स परेका । काठमाण्डुबाट भाइको फोन आयो, बैशाख १७ गतेबाट उपत्याकाका तिनै जिल्ला प्रशासनले एक हप्ताको लागि लकडाउन घोषणा गरिसक्यो । अब भने मेरो मन लकडाउन भरि गाँउमै घ्यु बिनाको फुस्रो सातुले सर्किन्दै थियो । फेरि घरबाट फोन आयो, भोली शन्तेको गाडी काठामाण्डु जाँदै छरे, फोन गरे हो रहेछ ।

तपाइहरू पनि देम्बाको यात्रा गर्न चाहनु हुन्छ भने काठमाण्डाैबाट लगभग २०० किलोमिटर मन्थली, सिरिसे, खिजी बाजार हुँदै चुप्लु भञ्ज्याङसम्म कच्चि सडकको यात्रा गरेर लगभग ३ घण्टा पैदल हिड्नु पर्छ । खिजी बजार नआइ ने कातीतीर बाट पनि कच्चि सडक हुँदै अलिकति पैदलयात्र घटाउन सकिन्छ । ओखलढुंगाबाट भने रामपुर, श्रीचउर, ओखरबोट हुँदै चुप्लु भञ्ज्याङसम्म आउन सकिन्छ । देम्बा डाँडा ३३५० मिटर उचाइ रहेको र मैले थाहा पाए अनुसार नेपाल भरिको ८००० हजार भन्दा माथिको हिमाल देख्ने एक मात्र शुलभ ठाँउ हो । यहाँबाट सुर्यदय र सुर्यस्त मनै लोभ्याउने देखिन्छ । नेपालको नक्सांकन गर्दा ७ डाँडाहरू मध्ये यो दोश्रो डाँडा हो भनिएको छ र सगरमाथाको उचाइ नाप्दा पनि यो डाँडा प्रयोग गरीएको छ ।

थोलेदेम्बा संबन्धि भिडीयो युट्युबमा हेर्न सक्नु हुनेछ ।


जहाँ भए पनि जसरी भए पनि घुमाै र सेयर गराै । अरूको संस्कृतिलाइ सम्मान गर्न सिकाै र आफ्नो पाइला मात्र छोड्ने प्रयास गराै ।

हाम्रो ब्लग पढिसकेपछि तपाइको जिज्ञासा र सल्लाह सुझाब भए तलको कमेन्ट बक्समा लेख्नु होस र हामीलाइ इमेलमा पनि संपर्क गर्न सक्नु हुनेछ ।

Comments

कृपया असभ्य भाषा र ब्याक्ति वा समुदायमाथी आघात पुग्ने शब्दहरू प्रयोग नगर्नु होला ।

First